Date
आइत, साउन १७, २०७८
Sun, August 1, 2021

कमरेड र राष्ट्रिय राजनीति !

अलग-अलग वामपन्थी पार्टीहरूलाई समर्थन गर्ने ब्यक्तिहरु वा तिनका नेता-कार्यकर्ताका विशिष्ट राजनीतिक सोच वा लाइनअरू फरक( फरक हुन स्वाभाविकै हो तर हाम्रो आन्दोलनमा यो ‘फरक’ स्वाभाविक भन्दा केही भिन्न चरित्रको छ। यो फरक संग ठुलो थुप्रो पूर्वाग्रह पनि थुप्रिएको पाइन्छ।यो पूर्वाग्रह कति व्यक्तिहरूमा त ईष्या र व्यक्तिगत वा सामुहगत ‘अहंकार’ को उपल्लोह हदसम्मा पुगेको पनि पाईन्छ ।

सामाजिक सञ्जालमा प्रतिक्रियावादी वामपन्थी कार्यकर्ताहरू एक्टिभ देखिन्छ । कोरोनाको चपेटमा छ देश विश्व यस वाट वचनको लागि प्रगतिशील व्यक्तिहरूलाई समाजमा रहेको भिन्न भिन्न सोचहरू धारणा वा विचारहरूलाई सकेसम्म विपतको घडीमा विपत वाट जोगिन आफ्नो धारणा वनाउने पदती अंगाल्नु पर्ने हो। यसका लागि वामपन्थी क्षेत्रक मात्र हैन जुनसुकै क्षेत्र वाट विपत र माहामारि तिर ध्यान दिनु पर्ने हो । अनि मात्र हामी समाज परवर्तनका निम्ति कार्यरत सचेत कार्यकर्ता सचेत फ्रेम बन्न सक्छौ । हामीले के विर्सनु हुन भने सचेत कार्यकर्ता भनेको केवल फलोअर्सको समूह हैन्।

मानिसहरू राजनीतिकमा दुई मध्य कुनै वा दुवै स्वार्थले लागेको हुन्छ ।१.निजी स्वार्थ , २. राष्ट्रिय स्वार्थ । राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्नेहरू राजनीतिक सन्त बन्छन् । आदर्श नेता बन्दछ।लेनिन , मोओत्सेतुङ बन्दछन्। निजी स्वार्थलाई सर्वापरि राख्नेहरू राजनीतिक प्रेत बन्छन् र जनताको रगत चुस्छन् । दुवै स्वार्थलाई सन्तुलित वनाएर चल्नेहरू दुवैतिर सफल भएको देखिएका पनि छन् ।

(निजी स्वार्थ र राष्ट्रिय स्वार्थ दुवै नभएको राजनीतिके कतै भेटिन्छ भने त्यो अल्लारेपन र सुस्त मनस्थितिको धोतक मात्र हो।

हामी राजनीतिक दृष्टिकोणले राष्ट्रिय संकटको स्थितिमा छौ ।यहाँ राजनीतिमा मर्यादा छैन्।नैतिकता र अनुशासन छैन्।यसैले लोकतन्त्र विडम्बना बनेको छ। हालै प्रधानमन्त्री र राष्ट्रपतिले गरेको निर्नयहरूले पनि यहीँ देखाएको छ।

यहाँ पद नपाउँदा चाउरिएकाहरू पद पाएपछि चौतर्फी मोटाएका त देखिएका छन्। तर पदपूर्व कै रहन सहन आवश्यकता र पूर्तिमा सीमित भएर दिल ज्यानले गर्न सेवा गर्ने व्यक्तित्व भने देखिएका छैन्न।अस्ति सम्मा खुट्टाले काम चलेकाहरू अब कार नभई कन नचल्ने बनि सकेका छन्। साधारण कपडा लगाउने , उकालो ओरालो हिड्ने र गरिबको छाप्रामा बाँस बसेर मकै चपाउने कम्युनिष्ट नेताहरू पनि अब नसक्ने भै सकेका छन्।

हाम्रो नेपालको राजनीतिमा आज आस्था विश्वास र श्रद्वासुम्पन सकिने राजनेता किन छैन् किन अहिले अग्ला देखिएका मान्छे एकछिन पछि बाउन्ने हुन्छ ? ठाडाबाट राम्रो देखिए पनि नजिक पुग्दा किन घिन लाग्छ ? यी यस्ता प्रस्नहरु हुन जसको उत्तर निष्पक्षभएर सोचेको खण्डमा जसले पनि पाउन सक्छ ।

क.डेनो थिङ
अनेरास्ववियु सदस्य
त्रिभुवन विश्वबिध्यालय
दोरम्बा-२ रामेछाप

WRITE COMMENTS FOR THIS ARTICLE