मनसुनी न्युनचापीय रेखा पश्चिमी भाग नजिकै, अझै देशभर भारी बर्षाको जोखिम कायमै

५ असार काठमाडौँ – देशभर मनसुनी अझै सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन गराउने वायू (मनसुनी न्युनचापीय रेखा) देशको पश्चिमी भाग नजिक रहेको महाशाखाले जनाएको छ । जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाको अनुमान छ ।
देशको पूर्वी भागमा मनसुन केही कम्जोर देखीए पनि अझै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ । आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपन छ ।
बंगालको खाँडिबाट उत्पन्न भएको मनसुनी वायू देशको पूर्वी भागबाट विकसित हुदै पश्चिम सरेको भए पनि देशभर भारी बर्षा हुन सक्ने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कंडेलले सवाल मिडिायालाई जनाकारी दिनुभयो । उहाँले भन्नु भयो मनसुनी न्युनचापिय रेखा देशको पश्चिमी भाग नजिकै रहेको भएता पनि अब मनसुन कमजोर भइसक्यो भनेर ढुक्क भएर बस्ने अवस्था छैन्, पूर्वमा पनि भारी बर्षा हुन सक्छ । कंडेलका अनुसार देशभरी मनसुनको प्रभाव रहने र कुनै पनि स्थानमा भारी बर्षाको जोखीम रहने छ ।
आगामी २४ घण्टा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका हुनुका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षा हुने सम्भावना रहेको छ । उक्त क्षेत्रका पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सुझाइए छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE