Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

चालकलाई नै ढुंगाले हानेर १४ लाख लुट्ने पक्राउ

२३ भदौ,उदयपुरलिफ्ट मागी गाडीमा चढेर चालकलाई कुटेर बेहोस बनाई लुटपाट गर्ने पक्राउ परेका छन्। ओखलढुंगाको चिसम्खुगढी गाउँपालिका–३ का रमेशकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी सडकको बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका चालक प्रकाश श्रेष्ठलाई रमेशले पछाडिबाट ढुंगाले हानेर गाडीमा रहेको १४ लाख रुपैयाँ लिएर हिँडेका थिए। उनलाई प्रहरीले १३ लाख ७७ हजार आठ सय ९५ रुपैयाँ र मोबाइल सेटसहित दुई घन्टाभित्रै पक्राउ गरेको थियो ।

प्रदेश नं २-०१-००१ च ०३६९ नम्बरको जिप ओखलढुंगा खाद्यान्न पु-याएर काटारीतर्फ आउँदै गर्दा रमेशले आफू पनि व्यापारी भएको र सामान लिन कटारी जाने भनेपछि प्रकाशले गाडीमा लिफ्ट दिएका थिए।

बर्मी जंगलमा पिसाब गर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुंगाले गर्धनमा हानी बेहोस बनाई उनको साथमा रहेको रकम र मोबाइल लुटपाट गरी फरार भएको इलाका प्रहरी कार्यालय कटारील जनाएकोछ।

केही समयपछि होसमा आई प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका(४ गबुवा जंगलबाट बेलुका ७ बजे रमेशलाई पक्राउ गरेको हो।

 

WRITE COMMENTS FOR THIS ARTICLE