Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको डिजाइनमा कार्की, खड्का र राउत !


२९ कार्तिक, काठमाडौं –
जनताले न्याय माग्ने अन्तिम थलो सर्वोच्च अदालत केही न्यायाधीशहरूका कारण अवरुद्ध छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायाधीशहरूलाई इजालाश बहिष्कारका लागि उक्साउने गरेको पाइएको छ ।

सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरू दिपक कार्की, प्रकाशमान सिंह राउत र मिरा खड्का अहिले श्रेष्ठसँग बाक्लो सम्पर्कमा छन् । कुपण्डोल कानदेवता नजिकको निवासमा श्रेष्ठलाई भेट्न उनीहरू पालैपालो पुग्ने गरेको स्रोतले बतायो । उक्त क्रममा श्रेष्ठले नै नागरिक मर्कामा परे परून्, इजलाशमा नजानुस् भनेर सिकाउने गरेको बताइन्छ ।

श्रेष्ठकै उक्साहटपछि न्यायाधीशत्रयले अरू न्यायाधीशलाई इजलाश बहिष्कारका लागि केहीलाई फकाउँदै र केहीलाई आश्वासन दिने गरेको बुझिएको छ । श्रेष्ठमाथि केही समय अघि अदालतको मानहानी गरेको अभियोग लागे पनि पछि सफाइ पाएका थिए ।

पूर्व भइसक्दा पनि सर्वोच्च अदालतमा रजगज चलाउन खोजेका पूर्व प्रधानन्यायाधीशहरू श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मिनबहादुर रायमाझीको चाहनामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाधक बनेपछि अहिले उनीहरू जसरी हुन्छ जबरालाई हटाइ छाड्ने मनशायमा छन् । तर, केही न्यायाधीशहरू भने अहिले पूर्व प्रधानन्यायाधीशहरूको डिजाइनमा फसेर गलत गरेको भन्दै अब इजलाश बस्नुपर्ने पक्षमा रहेको बुझिएको छ ।

न्यायीक अनुशासन विपरित गैरजिम्मेवार बनेका सर्वोच्चका न्यायाधीशहरूलाई कारबाहीको माग पनि नागरिकस्तरबाट उठ्न थालेको छ भने नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डिजाइनमा धर्नामा उत्रिएका कानून व्यवसायीको आन्दोलनभित्र पनि विस्तारै फाटो देखा पर्न थालेको छ ।

कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै धर्नाका कार्यक्रम सार्वजनिक गरे पनि शुक्रबारको तुलनामा आइतबार प्रधानन्यायाधीश जबरा सहज रूपमा सर्वोच्च प्रवेश गरेका थिए । बार एशोसिएसनको धर्नामा सहभागीको संख्या पनि बिस्तारै पातलिँदै गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE