Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

आईतबार घट्यो सुनको मूल्य, कति पुग्यो ?

१६ फागुन
काठमाडौं –
साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आइतबार नेपाली बजारमा सुनको मूल्य रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोवार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE