Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पर्यटक विकास परिषद् पहलमा पर्यटन व्यवसायी लगाए चिनियाँ खोप ‘भेरोसेल’

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको पहलमा पर्यटन व्यवसायीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । परिषद्को पहलमा उपत्यकाका पर्यटन व्यवसायीले सो खोेप लगाएका हुन् ।

उपत्यकाका आठ हजार भन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् ।

पर्यटन व्यवसाय विपत समन्वय समितिका अनुसार परिषद्का सदस्य तथा त्यहाँ आवद्ध पर्यटन व्यवसायीहरूलाई खोप प्रदान गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्वास्थ्य सेवा विभाग र स्वास्थ कार्यालय काठमाडौंको सहयोगमा परिषद्का सदस्य तथा कर्मचारीहरुको लागि दश हजार डोज खोप स्वीकृत भएको हो ।

नयाँबजार स्थित पिपुल्स डेन्टल हस्पिटललाई ठमेल पर्यटन विकास परिषदको एकल खोपकेन्द्र बनाइ शुरु गरिएको उक्त खोप केन्द्रमा आठ दिनसम्ममा परिषदमा सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरु गरी करिब आठ हजार पर्यटन व्यवसायीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE