Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

साफ यू-१५ः उपाधि चुम्ने योजनासहित मैदान उत्रदै नेपाल

काठमाडौं – साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।

नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४स्१५ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।

यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।

बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE