Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसद्ले मागे जवाफ

२९ भदौ, पोखरा – एमाले सांसद कृष्ण थापाले गण्डकी प्रदेशसभामा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण नबुझाएको विषयमा जवाफ माग गर्नुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश सांसद थापाले प्रदेशसभामा मन्त्री मनाङेको वास्तविक सम्पत्ति सार्वजनिक गर्न माग गर्नुभएको हो । यसअघि मनाङ्गेले आफुले युवाहरुलाई रकम लगानी गरेको र र त्यो आउन बाँकी रहेको बताउनुभएको थियो । एमाले सांसद कृष्ण थापाले भ्रष्टाचार नियन्त्रण ऐन २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम सम्पत्ति वितरण राजकीय पदमा जाने जो कोहीले पनि ६० दिनभित्र बुझाउनुपर्ने बताउँदै सम्पत्ती  विवरण सार्वजनिक गर्न सभा मार्फत माग गर्नुभएकोछ । मन्त्री मनाङले ‘केटा’हरुलाई थुप्रै लगानी दिनुभएको  तर, त्यताबाट फिर्ता नआउँदा सम्पत्ति विवरण सार्वजनिक गर्न नसकेको सुनाउनुभएको थियो  ।

WRITE COMMENTS FOR THIS ARTICLE