Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आंगनमा खेल्ने क्रममा घाँटीमा ढुंगा अड्कीएर बालकको मृत्यु

१० मंसिर
काठमाडौं
– खेल्ने क्रममा ढुंगा घाँटीमा ढुंगा अड्काएका कञ्चनपुरका १६ महिने बालक साकार भट्टको मृत्यु भएको छ । साकारले खेल्दै गर्दा मुखमा ढुंगा हालेर निल्ने क्रममा घाँटीमा अड्कीएको परिवारले बताएका छन् । उनी बेदकोट नगरपालिका-९ सुन्दरपुरका बालक हुन् ।

घाँटीमा ढुंगा अड्कीएपछि उनलाई महाकाली अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई अस्पतालले धनगढी रेफर गरेको थियो । उनको धनगढी ल्याइएपनि उपचार सम्भव नभएका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो आँगनमा खल्दै गर्दा साकारले ढुंगा घाँटीमा अड्काएका थिए । उनको गएराती नै धनगढीमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले पुष्टि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE