Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

योगेश भट्टराईले भने- ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज’

७ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् । एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गरेका थिएनन् ।

उनले एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका थिए । सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज ।

नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें इतिहासको कठोर मूल्याङ्कनमा खडा छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE