२ सय ९ किलो अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ
२ सय ९ किलो अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ
३१ असार, काठमाडौं– प्रहरीले १ सय ६९ किलोग्राम गाँजासहित मकवानपुरबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा बीआर ०१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेको प्रहरीले जनाएको छ ।
हेटौंडाबाट बारातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकमा लुकाई ल्याउँदै गरेको गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यता, मकवानपुरकै हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ना.६ ख ३७४१ नम्बरको कन्टेनरबाट पनि ४० किलो अवैध लागूऔषध गाँजा सहित अर्का एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने १९ वर्षीय दिपक गुरुङ रहेको प्रहरीले जनाएको छ ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कन्टेनरमा लुकाई राखेको उक्त गाँजा सहित फेला पारेपछि सहचालक गुरुङलाई पक्राउ गरेको हो ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE