Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सोह्र श्राद्धको पितृप्रसाद खाँदा २७ जना बिरामी, ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुने सकेन

सिन्धुली–सिन्धुलीको दुधौली नगरपालिका–२ मा पितृप्रसाद खाँदा २७ जना बिरामी भएका छन् । सोह्र श्राद्ध तिथिमा मंगलबार स्थानीय राजेन्द्र दाहालको घरमा पितृप्रसाद खाँदा उनीहरु बिरामी भएका हुन् ।

बिरामी परेका मध्ये ६ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि मंगलबार राति नै जनसेवा अस्पताल बर्दिबास ठाइएको छ । बाँकी २१ जना बिरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।  ‘फुड प्वाइजन’का कारण उनीहरु बिरामी परेको बताइएको छ ।

बर्दिबास पठाइएका बिरामीहरुमा ५ वर्षीय आनन्द बराल, २० वर्षीया सुमित्रा कार्की, ३० वर्षीय संगिता बराल, ३५ वर्षीय विशाल बराल, ६५ वर्षीय तेजप्रसाद ढुंगेल र ६० वर्षीया नर्बदा बराल रहेका छन् । राजेन्द्र दाहाल र उहाँकी श्रीमतीको पनि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE