Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपालका ६ खेलाडी एसियाली टेबलटेनिस च्याम्पियनसिपमा भिड्ने

७ अश्विन, काठमाडौं – २५औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दै छ। सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्लहरु सहभागी हुनुहुने छ ।

महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन्। खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहनुभएको छ छ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE