Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट

३  साउन, काठमाडौँ – जिल्ला अदालत महोत्तरीले गत आर्थिक वर्षमा ४९ दशमलव २० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

अदालतले आर्थिक वर्ष २०७७/०७८ मा कूल तीन हजार ५ सय ४२ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा गत असार २५ गते  सम्ममा एक हजार ७ सय ४३ मुद्दा मात्र फछ्र्यौट गर्न सफल भएको जिल्ला न्यायाधीश दीपककुमार खरेलले बताउनुभयो ।

यसरी फछ्र्यौट भएका मुद्दामा सरल प्रकृतिका ६ सय ७१, सामान्य प्रकृतिका ४०, विशेष प्रकृतिका १ र मार्ग समूहमा नपर्ने/डिसिएम लागू हुनुपूर्वको मुद्दाको सङ्ख्या एक हजार ३१ रहेका छन् ।

यसैगरी अदालतले सो अवधिमा रु ४३ लाख ९७ हजार १५९ जरिवाना र ४ सय ५९ वर्ष दुई महिना तीन दिन कैद असुल गर्न सफल भएको जिल्ला न्यायाधीश खरेलले जानकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE