Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

२४ घण्टामा देशभर ६ हजार ७ सय १४ जना कोरोना सङ्क्रमण, ६ हजार ७ सय १६ जना डिस्चार्ज

१२ जेठ, काठमाडौँ – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सात सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् । अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर र तीन सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक सय ४५ जनाको ज्यान गएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE