Date
आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ ले हरायो

काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ ।

घरेलु मैदानमा टोटनह्यामका लागि दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले ह्याट्रिक गरे । त्यस्तै ह्यारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १र१ गोल थपे । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १र१ गोल गरे ।

लेस्टरले खेलको छैटौँ मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर यो अग्रता २ मिनेट पनि रहेन । केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २१औँ मिनेटमा डाएरले गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४१औँ मिनेटमा म्याडिसनले गोल गरी खेल २–२ को बराबरीमा ल्याए ।

टोटनह्यामले खेलको दोस्रो हाफमा ४ गोल थप्यो । ४७औँ मिनेटमा बेन्टान्कुरले गरे । त्यसपछि मैदान प्रवेश गरेका ह्युङ मिन सनले ७३औँ मिनेट, ८४औँ मिनेट र ८६ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनी १३ मिनेट २१ सेकेन्डको अन्तरमा ह्याट्रिक गर्न सफल भएका छन् । जितसँगै टोटनह्यामको ७ खेलमा १७ अङ्क भएको छ । टोटनह्याम अङ्कतालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्टर ७ खेलमा १ अङ्ककासाथ पुछारमा छ ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र बर्नमाउथले एकरएक गोलको बराबरी खेलेका छन् । त्यस्तै म्यानचेस्टर सिटी उल्भ्सलाई ३–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल तेस्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE