Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘फ्लोर क्रस’ गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग स्पष्टीकरण माग्ने एमालेको तयारी

‘फ्लोर क्रस’ गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदसँग स्पष्टीकरण माग्ने एमालेको तयारी

४ साउन, काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमालेका सांसदहरुले ‘फ्लोर क्रस’ गरेसँगै ‘फ्लोर क्रस’ गरेका सांसदलाई एमालेले स्पष्टीकरण सोेध्ने तयारी गरेको हो ।

आइतबार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमा नेकपा एमालेका प्रेम आले, हिराचन्द्र केसी, किसान श्रेष्ठ, पावर्ती विसङखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन रहेका थिए ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE