मन्थलीमा महिला स्वास्थ्य सम्बन्धी एक दिने तालिम सम्पन्न
अनिता थापा मगर
२२ चैत, रामेछाप – महिलाहरुको स्वास्थ्य समस्या सम्बन्धी एक दिने अनुशिक्षण तालिम सम्पन्न भएको छ । शनिबार रामेछापको मन्थलीमा महिलाहरुको जनजिवनमा हुने स्वास्थ्य समस्याको बारेमा १ दिने तालिम सम्पन्न भएको हो । तालिममा सुभजिबन हस्पिटल खुर्कोटका स्त्री रोग विशषज्ञ डाक्टर राजन न्यौपाने प्रशिक्षण दिनुभएको थियो ।
महिलाहरुमा हुने उहाँले तल्लो पेट दुख्ने, पिसाव पोल्ने, सेतो पानी बग्ने, महिनावारीमा गडबडी, स्तनमा गाठाँगुठी आउने समस्या, परिवार नियोजनको साधानको प्रयोग तथा असर, अनिश्चित गर्भाधान तथा सुरक्षित गर्भपतन, आङ खस्ने समस्या लगायत समस्याहरुको बारेमा जानकारी दिनुभएको थियो ।

त्रिनेत्र आध्यात्म चिन्तन केन्द्र जिल्ला समिती रामेछाप र नेपाल मगर महिला समन्वय समिति रामेछापको आयोजना तथा सुभजिबन हस्पिटल मन्थली रामेछापको सहजीकरणमा तालिम सम्पन्न भएको हो । तालिममा ३१ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिम उपयोगी चेतनामुलक र महत्वपुर्ण भएको सहभागीहरु बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE