Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

लायन्स क्लब अफ काठमाडौँ रोजद्वारा नेश्नल एकेडेमीमा रक्तदान कार्यक्रम आयोजना

२६ असार, काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ रोजद्वारा नेश्नल एकेडेमीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

मध्यपुर थिमीकी पूर्व उपमेयर अञ्जना मधिकर्मीको प्रमुख आतिथ्यतामा शंखमुलस्थित स्कुलमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन राजेन्द्रकुमार बटाजुको विशेष आतिथ्यता,सेकेण्ड भीडीजी लायन सुचित्रा थापा, तृतीय भीडीजी लायन नीरा बज्राचार्य, प्रो क्ष्न चिफ लायन रमेश अधिकारी, गभर्नरका राजदूत लायन विष्णुहरि फुयाल, फेलोसिप प्रमुख लायन हसन गोपाली, सरोजकार प्रमुख लायन सुरेन्द्र श्रेष्ठ, जिल्ला एफडब्लूसी संयोजक सुधा थापा, उप मुख्य सलाहकार लायन श्रीकृष्ण, जिल्ला बजार प्रमुख लायन श्रीकृष्ण राई, सरोकार प्रमुख लायन सुरेन्द्र श्रेष्ठ तथा वडा अध्यक्ष लायन सुष्मा कोइरालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रक्तदान विभाग प्रमुख लायन सराफ सन्तोष, विभाग प्रमुख लक्ष्मी तिमिल्सिना, एओजी एमजेएफ लायन लक्ष्मी तण्डुकार, क्षेत्रीय अध्यक्ष लायन यज्ञराज पौडेल र सहक्षेत्र अध्यक्ष लायन कल्पना चापागाईले पनि उपस्थिती जनाएका थिए ।

कार्यक्रमको संयोजन लायन्स क्लब अफ काठमाडौँ रोजकी अध्यक्ष मोहना मोथे खनाल ले गर्नुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE