एमालेको एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछ : गोकर्ण विष्ट
१३ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्ति क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार विष्टले भन्नुभएको छ,‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।’
उहाँले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने दावी समेत गर्नुभएको छ ।
‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ’, नेता विष्टको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE