Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

प्रधानमन्त्री हसिनाको हत्या गर्न खोज्ने १४ जनालाई मृत्युदण्ड

१२ चैत
काठमाडौँ – बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास प्रकरणमा ढाका अदालतले १४ कट्टरपन्थी इस्लामी लडाकुलाई मृत्युदण्ड सुनाएको छ ।

प्रधानमन्त्री हसिनाको पहिलो कार्याकालमा दुई दशकअघि हत्या प्रयास भएको थियो । ढाकाको एक विशेष अदालतले ९ अभियुक्तको उपस्थितमा मंगलबार उक्त मुद्धाको फैसला सुनाएको हो । अन्य अभियुक्त फरार छन् ।

उनीहरु बंगलादेशमा प्रतिबन्धित लडाकु समूह हर्कत उल जिहाद अल इस्लामी ९हुजी०सँग आबद्ध छन् । उक्त बम काण्ड प्रधानमन्त्री हसिनाको धर्मनिरिपेक्ष अडानले पैदा गरेको बताइन्छ । त्यतिबेला हुजीले मुस्लिम बाुहल्य रहेको बंगलादेशमा कडा इस्लामी काुनन् स्थापना गर्ने विषयमा वकालत गरिरहेका थिए ।

हस नाले सम्बोधन गर्ने क्रममा एउटा कलेजमा कार्यक्रमा राखिएको थियो उक्त कलेजमा लडाकुले राखेका दुइवटा बम पत्ता लगाएर निष्क्रिय पारिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE