Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमालेको स्थायी कमिटी बैठक स्थगित

१७ जेठ, काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार सोमबार बिहान १० बजे बैठक बस्ने भनिएको बैठक लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका कारण फेरि स्थगित भएको छ ।

आइतबार बस्ने तय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको  थियो । उहाँले भन्नुभयो , “आज लुम्बिनीको राष्ट्रियसभा निर्वाचन छ । त्यतातिर केन्द्रित हुनपर्ने भएकाले बैठक सरेको छ ।”

लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार  उपनिर्वाचन हुँदैछ ।  सोमबार बस्ने भनिएको बैठक मंगलबार विहान ११ बजेसम्मका लागि सरेको तामाङको भनाइ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE