Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मौसम : प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा

४ असार, काठमाडाैँ-देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश र सुदुर पश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारि वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने सम्भावना छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षाको प्रक्षपन गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE