Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

सर्वोच्चका सबै सेवा साउन १५ गतेदेखि सुरु हुने

सर्वोच्चका सबै सेवा साउन १५ गतेदेखि सुरु हुने

१ साउन, काठमाडौं– सर्वोच्च अदालतले साउन १५ गतेदेखि अदालतका सबै सेवा सुरु गर्ने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिमका कारण स्थगित गरिएका नियमित सुनुवाइ सुरु हुने सर्वोच्च अदालतको पूर्ण बैठकले निर्णय गरेको हो।

सर्वोच्चको सेवा स्थगित भएको बेलाका हदम्याद, म्याद, तारेख थाम्ने थमाउने सम्बन्धमा यस बीचको हदम्याद नलाग्ने भएको छ।

यस्तै यसअघि आलोपालो बस्दै आएको इजलास आलोपालो बस्दै आएकोमा यो निर्णपछि सबै इजलास बस्नेछन्।

यता महान्यायाधिवक्ताको कार्यालयले पनि आलोपालो कर्मचारी बोलाउँदै आएकोमा आइतबारदेखि सबै कर्मचारीलाई बोलाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE