Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

आफ्नै शरीरमा आगो लगाउदा रामेछापमा एकको मृत्यु

अनिता थापा मगर
१४ चैत,रामेछाप । रामेछापमा आफैले आफ्नो शरीरमा आगो लगाउदा एक जनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो करिब १बजे रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी आफ्नै घरमा बसिरहेको अबस्थामा मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४२/४३ वर्षीय हिरा बहादुर भुजेलको मृत्यु भएको हो । उनले आफ्नै शरीरमा मट्टितेल खन्याएर आलो लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आगाले शरीरको केहि भाग समेत जलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

आगोबाट जलेका भुजेललाइ स्थानीय र परिवारको सहयोगले उद्धार गरि उपचारको लागि मन्थली स्थित् तामाकोशी अस्पतालमा ल्याएको थियो तर उपचार हुन नसकेपछि काठमाडौं पठाइएको र उपचारको क्रममा किर्तिपुर अस्पतालमा ज्यान गएको सुचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE