Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

एकअधिवक्ताको राष्ट्रवादी राजा प्रतिको सम्झना !

आज जेठ १९ गते नेपाल को इतिहासकै एउटा दुःखद दिन । आजकै दिन २०५८ सालमा राजा विरेन्द्र को सपरिवार हत्या भएको अर्थात दरवार हत्याकाण्ड भएको थियो।

यो दिन नेपालीहरु दुःखकासाथ सम्झन्छन् , दरवार हत्याकाण्डको रहस्यको वास्तविक सत्यतथ्य जनतासामु आवस भन्ने चाहन्छन्।

हुन त त्यहिवेला एउटा छानबिन आयोग बनेको र त्यसले रिपोर्ट दिएको पनि थियो तर त्यो रिपोर्टमा नेपालीहरुले विश्वास गर्न सकेनन, एक चेतना भएको मान्छेको हैसियतले म पनि त्यो रिपोर्टमा विश्वास गर्न सकि रहेको छैन।

अत्याधिक नेपालीहरु दरवार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गरेको भन्ने विश्वास गर्दैनन् र पूर्वराजा ज्ञानेन्द्र वा उनको परिवारको कुनै सदस्य को त्यसमा संगलग्नता थियो भन्ने कुरामा पनि विश्वास गर्दैनन् । न कारण, न परिस्थिति न प्रमाण न चेतना कुनै आधारमा पनि त्यो हत्याकाण्ड दिपेन्द्र वा राजपरिवारका कुनै पनि सदस्यले गरेको होला भन्ने विश्वासिलो अधार दिन नसकेको हुनाले त्यो हत्याकाण्डको औपचारिक प्रतिवेदन मान्नुपर्ने कानुनी बाध्यता बाहेक मानविय चेतनाले दरवारतिर उठाइएको औंलामा विश्वास गर्न सकिरहेका छैनन् ।

अपितु स्वर्गीय राजा विरेन्द्रको प्रतिबद्ध रास्ट्रबादी अडान रहनु, विदेशीका सामु नझुकी रास्ट्रीयताका पक्षमा उभिइ रहने राजा हुनु, पृथ्वीनारायण शाहाका वंशज गद्दाशीन हुनु, राजाको वरिपरि नेपालीहरु एकताबद्ध हुन्छन्, त्यो राजसङ्स्था नेपाली एकताको मियो भएको र नेपालमा पृथ्वीनारायण शाहका सन्तान राजा भै रहदासम्म विदेशीहरुले सिधै चलखेल गर्न नसकेको र राजसंस्था रहँदा सम्म नेपालीहरुको एकताको विखण्डन गर्न सकिदैन भनी नेपाली एकताको विखण्डन गर्ने षड्यन्त्र स्वरुप विदेशीको योजना र षड्यन्त्र मा नेपालबाट राजा हटाइएको रहेछ भन्ने आज प्रायः सबै नेपालीले बुझेको देखिन्छ ।

दरवार हत्याकाण्ड भएको आजको दिनमा म दिवङ्गत सबै स्वर्गीय आत्माहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, यस दिनमा स्वर्गीय राजा विरेन्द्रसङ्ग सम्बन्धित एउटा घटना स्मरण गर्न चाहन्छु ।

नागरिकता विधेयक पछि, स्वर्गीय राजा विरेन्द्रले दुरगामी प्रभाव पार्ने, या जनमानसमा असर गर्ने कानून र विधेयक का बारेमा चासो राख्ने गर्दथे। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा , त्यसै सन्दर्भमा कम्पनी सम्बन्धी कानुनको (वर्तमान कम्पनी ऐन २०६३ को पुर्ब रुप) विधेयक मस्यौदा बनेको रहेछ ।

त्यो मस्यौदामा दातृ निकाय विश्व बैंक समेतको सहयोग र सुझाव थियो। त्यो विधेयक मस्यौदा राजा विरेन्द्रले पढ्नु भएछ। त्यसमा कम्पनी दर्ता गरेर समय समय मा सरकारी कार्यालयमा विवरण पठाउन छुटेकोमा जरिवानाको ब्यबस्था बारे उहाँले चित्त बुझाउनु भएनछ। देशमा भर्खर भर्खर कम्पनीहरु खुल्दैछन, यस्तोमा अप्ठ्यारा प्राविधिक कुराहरुमा ठुलो सङ्ख्यामा नेपालीहरु जानकार भर्इ सकेका पनि छैनन्, यसरी निरन्तर जरिवाना गर्ने काम उचित हुँदैन ।

नागरिकको शोषण गरेर सरकार धनी बनाउने प्रक्रिया न्यायोचित हुँदैन भनेर राजा विरेन्द्रले जरिवानाको रूपमा नागरिकको शोषण गर्ने कानून बनाउन मानेनन् । उनको जीवनकाल भरि जरिवाना गर्ने कम्पनी ऐन आएन। उनको मृत्यु पछि त्यस्तो कानून ०६२–०६३ सालमा आएरै छोड्यो। गज्जवको कुरो छ , प्रजातन्त्र विरोधि सामन्ती भनिने राजाले जनतालाई कडा जरिवाना हुनेगरी कानून बनाउन मानेन, प्रजातान्त्रिक , गणतन्त्रबादी कहलिने हरुले जनता शोषेर सरकरको खजाना भर्ने त्यसमा पनि राज्यलाई राजस्व बुझाएर कम्पनी दर्ता गरेका नागरिकले कुनै कारण बस समयमा विवरण बुझाउन नसकेको खण्डमा अनन्त सम्म अन्तहिन जरिवानाको प्रावधान भएको कम्पनी ऐन २०६३ को दफा ८१ को विवरण नबुझाएमा जरिवाना हुने प्रावधान सहितको जनताको टाउकोमाथि झुण्डिएको खतराको तरवारजस्तो गरी कम्पनी कानून ल्याएरै छाडे जुन आज पनि कायमै छ।

वि.सं.२०४५/४६ सालको आन्दोलन का बेला भारतसंग झुकेर राष्ट्रियतामा सम्झौता गरेर शक्तिशाली राजा हुनु भन्दा आफ्नो जनता सङ्ग झुकेर संबैधानिक राजा हुन्छु भन्ने, नागरिकता , प्राकृतिक साधन श्रोतको विषय लगायत जनतालाइ अप्ठ्यारो पर्ने गरि कानुन बनाउनु हुदैन भनि कम्पनी कानून सम्म पनि जनताको पक्षमा उभिएका ती दिवङ्गत स्वर्गीय राजा विरेन्द्र प्रती आज जेठ १९ गते पुनः भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

हर्क रावल

चन्द्रागिरि नगरपालिका- १४, काठमाडौं

संविधानविद्

WRITE COMMENTS FOR THIS ARTICLE