Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

यो सरकार रहेसम्म संसदको अपमान बढ्दै जान्छ : गगन थापा

१० चैत
काठमाडौँ –
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार (केपी ओली) रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् ।

‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा कायम राख्नका निम्ति लड्ने छौं ।’

प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए । संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन सभामुख महोदय । यो ती जनताको अपमान हो । जसले यो संसद बनाएको छ । जसले हामीलाई सांसद बनाएको छ । आफ्नो अपमानको बदला जनताले यथोचित समयमा लिनेछन्’ उनले भने ।

प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE