शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधिसभा बैठक
२६ फागुन
काठमाडौँ – प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । बुधबार दिउँसो बसेको बैठकमा दिवंगत भएका वर्तमान तथा पूर्व सांसदहरुलाई श्रद्धान्जली दिदै शोक प्रस्ताव पारित गरेर सकिएको हो ।
बैठकले सानु सिवा, सुर्यबहादुर केसी, दीपकबहादुर गुरुङ, राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, इन्द्रहाङ लिम्बु, भीमप्रसाद गौतम, कमानसिंह लामा, गंगादत्त जोशी, ओमकार प्रसाद गौचन, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा। शंकर उप्रेतीलाई श्रद्धान्जली दिदै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी अलग अलग लहरमा बसेका थिए ।
बैठक करिब १२ मिनेट बसेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको शोक प्रस्ताव लगत्तै बैठक स्थगित गरिएको थियो । अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE