सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने
२५ असोज
काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गर्नुभएकाे छ ।
सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नुहुने छ । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE