Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रधानन्यायाधीशले सोधे– संविधान जोगाउन अरुलाई पद दिन पनि सक्नु हुन्थ्यो होइन र ?

प्रधानन्यायाधीशले स्मरण गराए पहिलो संसद विघटन बदरको फैसला

१७ असार, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले अरुललाई प्रधानममन्त्री पद दिन पनि सक्नुहसन्थ्यो होइन ? भनेर प्रश्न गरेका छन्।

मुद्दाको सुनुवाइका क्रममा प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायीलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।

बहसमा रहेका कानुन व्यवसायी अधिवक्ता पर्शुराम कोइरालालाई प्रश्न सोध्दै, ‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान जिउँदो राख्न केपी शर्मा ओलीले अरुलाई पनि दिन सक्नु हुन्थ्यो नि, हैन र ?’ भनी प्रश्न सोधेका थिए ।

प्रश्न सोध्दै प्रधानन्यायाधीश राणाले गत पुस ५ गते सर्वोच्चले संसद पुनस्थापना गराएको स्मरण गराउँदै प्रधानमन्त्री ओली संवैधानिक दायित्वबाट किन विमुख भए भनेर समेत प्रश्न गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE