Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

संसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक

८ जेठ, काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

संसद विघटन भएपछि प्रमूख प्रतिपक्षी दलका सभापति देउवाले शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्नेगरी आकस्मिक बैठक डाकेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।

उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।

देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्न बुझिएको छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलको समय भने तय भइसकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE