भेरीमा स्वास्थ्यकर्मी माथि आक्रमण शौचालयको झ्यालबाट हामफालेर जोगाए ज्यान,दोषीलाई कारबाही गर्न माग
१४ जेठ, काठमाडौँ – नेपालगन्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा खटिरहेको स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । गम्भीर अवस्थाका रहेको एक जना विरामीको उपचारका क्रममा ज्यान गए पछि बिहिवार राति विरामीको आफन्तहरुले उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि हातपात गरेको हो ।
कोभिडले ग्रसित डिल्ली बहादुर रावतको अवस्था थप जटिल बन्दै गए पछि जेठ ४ गते भेरी अस्पतालको पहिलो तलामा रहेको हल (ए) को १३ नम्वर आइसीयू वेडमा उपचार सुरु गरिएको थियो ।
उपचार गर्दा गर्दै बिहिवार बिरामीको अवस्था झन जटिल बन्दै गएको हुँदा चिकित्सकले भेन्टिलेटरमा राख्नु पर्ने सुझाब दिएको थियो । बिरामीको अक्सिजन लेभल समेत कम हुँदै गइ रहेको थियो ।
आफन्तहरु भेन्टिलेटरमा राख्न राजी भए लगत्तै डा. दिपक गुप्ता, डा. चन्द्रप्रकाश शाहु, डा. समा अनसारी, स्टाफनर्सहरु आश्वीन गुरुंग, सदिक्षा गैरे, बन्दना श्रेष्ठ उपचारमा खटिएका थिए । तर जटिल अवस्थामा रहेका रावतको उपचारको क्रममा बिहिवार ८ बजेको समयमा मृत्यु भएको थियो ।
विरामी सँगै रहेका एक जना कुरुवाले मोवाइलमा चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको हुँदा अर्को सम्पर्कमा रहेका व्यक्तलाई कुट्न बोलाएका स्रोतले जनाएको छ ।
केहि समयमै तीन चार जनाको हुलले उपचारमा खटिएकी स्टाफनर्स सदिक्षा गैर माथि आक्रमण गर्दै उनको घाटी थिच्न थालेका थिए, यता डा. चन्द्र प्रकाशलाई पनि हातपात गर्न थाले पछि स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन फुत्किएर सौचालय तिर भागेका थिए । तीन चार जनाको हुलले उनीहरु पछ्याउँदै ढोका हान्न् थाले पछि स्वास्थ्य कर्मीहरुले सौचालयको झयालको सिसा फोडेर डा शाहु, सदिक्षा, बन्दना र आश्वीनले हामफालेर ज्यान जोगाएका थिए ।
उक्त स्वास्थ्यकर्मी माथि भएको आक्रमणले आफुहरुलाई असुरक्षित बनाएको बताएका छन । आफुहरुको ज्यान असुरक्षित भएको बताउदै चिकित्सकहरुले अहिले काम गरेका छैनन् । उनीहरुले दोषी माथि कडा कारवाहीको माग राख्दै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी नहुँदासम्म काममा नफर्किने चेतावनी दिएका छन् ।
यता अहिले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी, भेरी अस्पताल विकास समिति, चिकित्सक, स्वास्थ्यकर्मीबीच अहिलेपनि छलफल भइरहेको छ ।
यस अघि पनि भेरीमा कार्यरत स्वास्थ्यकर्मी माथि हातपातभएको थियो जसको भेरी अस्पताल विकास समितिले घोर निन्दा व्याक्त गर्दै दोषीहरुलाई कार्वाहीको माग राख्दै जिल्ला प्रमुख अधिकारी समक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुले सुरक्षाको ग्यारेन्टी गर्न माग राखेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE