Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

तीन वर्षमा पनि केपी ओलीलाई तह लगाउन सकिएन : प्रचण्ड

९ माघ
काठमाडौँ –
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ वर्षमा केपी शर्मा ओलीलाई आफूहरुले तह लगाउन नसकेको बताएका छन् । आफूले धेरै प्रयास गरे पनि उनी नसच्चिएको भन्दै अहिलेको अवस्था आउनुमा आफ्नो पनि भूल भएको प्रचण्डले स्वीकार गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले आज राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले यस्तो बताएका हुन् । उनले अब केपी ओलीका विरुद्ध र प्रतिगमनका विरुद्ध सशक्तरुपमा लाग्ने पनि बताए । नेपाली नागरिकले अब केपी ओलीलाई माफि नदिने प्रचण्डले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE