Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

राप्रपा झापाले आज विशाल प्रदर्शन गर्दै

२० मंसिर
काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज झापामा बिशाल शक्ति प्रदर्शन गर्दैछ । यसअघि नै राप्रपाले शक्ति प्रदर्शन गर्ने भन्दै झापाको कार्यक्रम मिति मंसिर २० गते तोकेको थियो ।

नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना गर्ने, राजतन्त्र स्थापना गर्दै संघियता खारेजीको मागसहित राप्रपाले प्रर्दशन गर्न लागेको हो । जसमा राप्रपाले बृहत र्यालीको आयोजना गर्ने कार्यसूची रहेको छ ।

आज झापामा मोटरसाइकल सहित २० हजार मानिसको सहभागीतामा र्याली निकाल्ने राप्रपा झापाले जनाएको छ । र्यालीको नेतृत्व झापाबाट निर्वाचित राप्रपा सांसद राजेन्द्र लिङ्देनले गर्नुहुने बताइएको छ ।

र्याली काकडभिट्टाबाट सुरु हुने र बिर्तामोडमा पुगेर समापन हुने राप्रपा झापाले जनाएको छ । र्यालीमा सहभागीहरुलाई कोरोना जोखिम पनि हुन सक्ने भएकाले स्वास्थ्य सुरक्षा अनिवार्य अपनाउनुपर्ने जनाइएको छ ।

राप्रपा झापाका अनुसार र्यालीमा १० हजर मोटरसाइकल र ५० भन्दा बढी बसहरु प्रयोग हुनेछन् । सरकारले कुनै दमन तथा अवरोध गरे त्ययलाई पन्छ्याएर अघि बढ्ने रणनीति लिइएको राप्रपा झापाले जनाएको छ । यसअघि पनि पोखरा, सुर्खेत लगायत ठाउँमा राजतन्त्रको पुनर्स्थापाका लागि राप्रपाले र्याली निकालिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE