विनयी त्रिवेणी गाउँपालिका-२ बाट २८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
९ आश्विन,नवलपरासी – नवलपरासी पूर्वबाट प्रहरीले नदी दोहन गरेको आरोपमा २८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विनयी खोलाबाट गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् एवम् चोरी निकासी गरेको आरोपमा प्रहरीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो।
शनिबार बिहान राति प्रहरीले लु ४ त २४९४, लु ४ त ५५२६, रा१त ३००० लगायत नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नवलपरासी पूर्व प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले नदीजन्य दोहनमा संलग्न ट्याक्टर तथा चालकलाई कारबाही थालिएको बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE