Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

कक्षा १२ को परीक्षा आजदेखि

२९ भदौ, काठमाडौँ – आजदेखि कक्षा १२ को परीक्षा सुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा बुधबारदेखि सुरू गर्न लागेको हो । कोरोनाभाइरस महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो।

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षक सुरू हुन लागेको छ। प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो । परीक्षा असोज ८ गते सकिनेछ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाविरूद्ध खोप लगाइसकेको पाइएको बताउनुभयो । यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन्। परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE