Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

काठमाडौंमा एकैदिन १ हजार ९ सय ३२ कोरोना संक्रमित थपिए

१८ वैशाख, काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा देशभर पाँच हजार ७ सय ६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४ सय ९५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टा (शनिबार)मा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ९ सय ३२ जना छन् । यस्तै, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ संक्रमित थपिएका हुन् ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २ सय ८७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE