Date
बुध, चैत्र २५, २०८२
Wed, April 8, 2026

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१० पुष, काठमाडौँ रुपन्देहीको भैरहवामा आज  भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ   सिद्धार्थनगरको बुद्ध चोकमा लु।१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको  घटनास्थलमै मृत्यु भएको हो

बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि  आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ प्रहरीले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE