Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

प्रदेश १ मा मन्त्रिमण्डल बिस्तार

३१ भदौ, बिराटनगर – प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ। पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो।

मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बनाउनुभएको हो । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभयो ।

मन्त्रिपरिषद बिस्तारका क्रममा सोलुखुम्बुका सांसद उत्तमकुमार वस्नेत उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका सांसद ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै सांसद लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त हुनुभएको छ।

नवनियुक्त मन्त्रिद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराउनुभयो । भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यले पहिलो पटक भदौ ११ गते दुई जना मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराउनुभएको थियो। गोरखापत्र दैनिकबाट

 

WRITE COMMENTS FOR THIS ARTICLE