कर्णालीका चार सांसद पदमुक्त
१३ बैशाख,काठमाडौँ – कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन् । प्रदेशसाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी गराएका हुन्।
पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन् । ज्वाला सल्यान प्रदेशसभा (ख), बुढा डोल्पा प्रदेशसभा (क), शाही कालिकोट प्रदेशसभा (क) र थापा दैलेख क्षेत्र नं। १ (ख) बाट निर्वाचित भएका थिए।
चार जनाले ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारै जना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम (९) बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन्।
थापा भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री भइसकेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE