Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर जलाएर नेविसंघले गर्यो संसद विघटनको विरोध

६ पौष
काठमाडौं –
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको भ्रातृ संस्था नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जलाएका छन् ।

संविधानको व्यवस्था विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै उनीहरुले विरोधमा काठमाडौंको शंकरदेव क्याम्पस आसपास भण्डारी र ओलीको फोटो जलाएका हुन् ।

विरोध प्रदर्शनमा बोल्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य रत्नहरि ढुंगेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आपत्ति जनाए । कांग्रेसले राणादेखि राजालाई फालेको भन्दै केपी ओलीको अधिनायकवादी शैलीलाई परास्त गरेरै छाड्ने चेतावनी उनले दिएका छन् ।

बिरोध कार्यक्रमको संयोजन नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझाले गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE