पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त, आइसियूबाट सारिएकी कोमलसँगै डिस्चार्ज हुने
२८ वैशाख, काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त भएसँगै उनी सामान्य अवस्थामा फर्किसकेको उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पताल स्रोतले जनाएको छ ।
‘पूर्वराजालाई अहिले अक्सिजनबाट पनि मुक्त गरिसकिएको छ । उनीसँगै पूर्वरानी कोमल शाह पनि स्वास्थ्यलाभ हासिल गरिरहेकी छिन्। उनलाई गत शुक्रबार नै आइसियूबाट साधारण बेडमा सारिएको थियो।
उनलाई अहिले प्रतिमिनेट तीन लिटरसम्म अक्सिजन दिइरहनु परेको छ। उनी पनि केही समयमै साधारण जीवनमा फर्किने जैसवालले बताए। पूर्वरानी शाहको मंगलबार स्वाब संकलन गरी पठाइएको छ। पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमणमुक्त भइसकेकी छिन्। उहाँहरुलाई सँगै डिस्चार्ज गर्ने अस्पतालको तयारी रहेको छ ।
पूर्वरानी शाह ठिक भएपछि उनीहरू एकैपटक घर फर्कने छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE