Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रामेछापमा पनि लकडाउन गर्न मानव अधिकारको माग

१९ वैशाख, काठमाडौँ – कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि रामेछाप जिल्लामा पनि तत्काल लकडाउन गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले माग गरेको छ ।

रामेछाप जिल्लाभित्र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । जिल्लामा पछिल्लो एक साताको अवधिमा ४१ जनामा संक्रमित भेटिएको छ । काठमाडौं उपत्यकासहित देशका २२ भन्दा बढी जिल्लामा लकडाउन गरिए पनि रामेछापमा भने लकडाउनको गरिएको छैन  ।

सञ्जालका संयोजक पाण्डव प्रसाइले एक विज्ञप्ती जारी गर्दै यस्तो आव्हान गर्नु भएको हो । केही दिनदेखि जिल्लामा कोरोनाको सङ्क्रमण अप्रत्याशित रुपमा बढ्दै गएकाले सरोकारवाला निकायसँग मन्थली लगायतका बजारहरुमा निषेधाज्ञा गर्न माग गर्नुभएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE