६१ अंकले घट्यो नेप्से
१० आश्विन, काठमाडौँ – साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ६१।२७ अंकले घटेको छ । आज नेप्से २७५८।४८ विन्दुमा रोकिएको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य घट्न पुगेको छ ।
म्युचुअल फण्डबाहेक अन्य सबैको उपसूचकमा रातो लाग्यो । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य ५।८९ प्रतिशतले घट्यो । मनकामना लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज १ करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर किनबेचमा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँ बराबरको कारोबार भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE