Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

१७ फागुन
काठमाडौं –
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव समुहले आउँदो फागुन १९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ।

सोमबार बसेको सचिवालय बैठकले फागुन १९ गते बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटीभन्दा अघि नै स्थायी कमिटी बैठक बसेर अजेण्डा तय गर्ने भएको छ । स्थायी कमिटी बैठक सोमबार वा मंगलबारसम्म बसिसक्ने केन्द्रीय सदस्य विष्णु रिजालले बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE