Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

महानगरीय प्रहरी परिसर काठमाडौंमै जाहेरी दिँदा चाहिँ नमिल्ने रे, चितवन नै जानु पर्ने रे, खासमा चितवनमा त्यस्ताे के छ ?

नेपालकाे कानुन दैवले जानुन्

नेपालकाे कानुन दैवले जानुन् ।
शालिकराम पुडासैनीकाे हत्या वा आत्महत्या चितवनमा भयो । उनकी श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिइन्, जाहेरी  लियो । तर त्यही घटनाकाे विषयमा निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमै जाहेरी दिँदा चाहिँ नमिल्ने रे, चितवन नै जानु पर्ने रे, मैले नबुझेकाे कुरा खासमा चितवनमा त्यस्ताे के छ ?

कसैलाई चाहिँ जाहेरी नै नदिई आफ्नो अधिकारलाई मिचेर पक्राउ गर्ने, कसैकाे विरुद्ध जाहेरी दिँदा चाहिँ नलिने । बुढापाखाले भन्थे ‘नेपालकाे कानुन दैवले जानुन्’ हाे रहेछ, आज आएर थाहा भयो ।

मान्छेले भन्ने गर्थे ‘प्रहरी बर्दीवाला गुण्डा’ हुन तर म सम्झाउथे- प्रहरीले जे भए पनि हाम्राे सुरक्षामा खटिरहेका छन्, हामीलाई  सुरक्षा दिई रहेकाछन् । तर हाेइन रहेछ । आज आएर अरूले नै भनेको कुरा नै सहि लाग्यो ।

सुन काण्डदेखि निर्मला काण्ड हुँदै सबैमा चुक्दै आएको छ प्रहरी । अब त जनताले पनि विश्वास गर्न छाडिसके । प्रहरी न्यायकाे लागि र हामी सबैकाे लागि हाेइन रहेछ ।

मान्छेहरूले भन्ने गरेका छन् मर्ने बेला कसैले झुटो बोल्दैन । उदयपुर घर भएकाका  पूर्वसरकारी कर्मचारी हरिप्रसाद आर्चायले आत्महत्या गरे । उनले सुसाइड नाेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई ‘२०० वर्ष बाच्नु’ भनेका छन् । अब नवीनकुमार घिमिरे २०० वर्ष बाच्छन् ?

सिंहदरबारभित्रै नै राष्ट्रिय योजना आयोगका कर्मचारी बच्चुराम केसीको मृत्य अवस्थामा भेटियो । उनको चाहिँ छानबिन किन नहुने ? कि बच्चुरामलाई  चाहिँ सिंहदरबारमा बलि चढाएको हो ??
नेपालमा युवाहरु किन बस्दैनन् भन्ने विस्तारै थाहा हुँदै छ ।

नवीन कुलुङको फेसबुक पोष्टबाट जस्ताको तेस्तै ।

 

WRITE COMMENTS FOR THIS ARTICLE