Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सवारी चालक अनुमतिपत्र किर्ते गरेको आरोपमा पक्राउ

सवारी चालक अनुमतिपत्र किर्ते गरेको आरोपमा पक्राउ

१८ असार, काठमाडौं– सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्क्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE