Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल आइडलमा धुर्मुस र सुन्तलीको राष्ट्रियता जगमगाउने विशेष श्रृंखला

सिङगिङ रियालिटी शो नेपाल आइडल को बिहीबार अर्थात मंसिर १३ गतेको श्रृंखालामा हास्य कलाकार धुर्मुस र सुन्तलीको विषेश शो हुने भएको छ । सेलिब्रिटी गेष्टको रुपमा धुर्मुस र सुन्तली शोमा आउने भएका हुन् ।

नेपाल आइडलको जारी दोस्रो सिजनमा अब बाँकी ६ जना प्रतिस्पर्धी सुमित पाठक, पवन गिरी, अस्मिता अधिकारी, विक्रम बराल, अमित बराल र रवी ओड बाँकी छन् । उनीहरुको हौसला बढाउन नेपाल आइडलले बिहीबारको श्रृंखलामा समाजसेवी तथा हास्य कलाकार धुर्मुस र सुन्तलीलाई बोलाएको हो ।

बिहीबारको श्रृंखलालाई नेपाल आइडलुले राष्ट्रियता जगमगाउने एक विशेष श्रृंखला भएको जनाएको छ । बिहीबारको श्रृंखलामा नेपाल आइडलमा प्रतिस्पर्धी देखि निर्णायक सम्म र सेलिब्रिटी गेष्टले पनि राष्ट्रियता झल्किने पोशाक लगाएको सार्वजनिक टिजरमा देखिन्छ । प्रतिस्पर्धीले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे बोलको स्वेदेश गान सामुहिक रुपमा गाउने छन् ।

नेपाल आइडलको सिजन–२ मा गोल्डेन माइक पाएका चार जना विक्रम बराल, सुमित पाठक, निलिमा थापा मगर र मीनराज पौडेल मध्ये दुई जना बाहिरिसकेका छन् । निलिमा गत हप्ता बाहिरिएकी हुन् भने मीनराज वाइल्ड कार्ड इन्ट्रीभन्दा अगाडि नै प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

गोल्डेन माइक पाएका झापाका सुमितले गत हप्ता सबैभन्दा धेरै भोट पाएका थिए । गोल्डेन माइक पाउने कास्की पोखराका विक्रमले रिलिजको तयारीमा रहेको चलचित्र प्रसादको गीत गाइसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE