Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

केपि ओलिको हातबाट अरुण तेस्रो बेचिनबाट जोगाउन सबले सकेको पहल गरम !

रमेश यात्रि

अहिले अबस्थामा अरुण ३ भारतलाई दिनु भनेको तेरो बिहेको सब खर्च म गरिदिन्छु तर तेरो श्रीमतीलाई म संग राखेर ५÷६ बर्ष पछि फिर्ता दिन्छु भन्नु एकै हो !
१) झन्डै ३०० अर्ब खर्च गरेर १२०० मेगावाटको बुडीगण्डकी नेपालले बनाउनु भन्दा १०४ अर्बमा ९०० मेगावाटको अरुण नेपालले नै बनाउनु पर्छ !
२) नेपालमा नै उत्पादन भएको बत्तिको २५ बर्ष सम्म नेपाललाई दिने भनेको १९७ मेगावाटको प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एकमुष्ट ४ अर्ब ५० करोड रुपैयाँ भारतीय कम्पनीलाई दिदा कुन नेपालि खुसि होला ?
३) नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म १००% आयकर छुट कुन आधारमा दिने हो ?
४) १० वर्ष सम्म १००५ आयकर छुट दिएपछि पनि अर्को पाँच वर्षसम्म नेपाल सरकारले ५०५ आयकर छुट भारतीय कम्पनीलाई कुन आधारमा दिनु पर्ने हो ?
५) यति मात्र हैन आयोजना बनाउनका लागि आयात गरिने सम्पूर्ण सामाग्रीको आयातमा समेत ५०% भन्सार छुट नेपालले भारतीय कम्पनीलाई दिनुपर्ने कस्तो सम्झौता हो यो ?
६) आयोजनाका लागि आवश्यक सिमेन्ट, रड र स्टिलजन्य सामाग्री नेपाली बजारबाट नभई भारत आफैंले भारतबाट ल्याउने कस्तो सम्झौता हो यो ?
७) आयोजनामा काम गर्ने जनशक्तिसमेत भारत आफैंले ल्याउने भए नेपाललाई हुने फाइदा चाहि के हो ?
८) तोकिऐको निर्माण अवधि ५ वर्षको अबधिमा उल्लेख छ । कम्पनीले कुनै पनि बिपत्ति, हड्ताल, प्रकोप, चाडपर्ब जस्ता कारणले गर्दा महिनामा २१ दिनभन्दा बढी काम गर्न नसक्ने अवस्था आएमा नेपाल सरकारले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने कस्तो सम्झौता हो यो हामी शबै देशभक्त ,सचेत र विवेकशील नागरिहरुले बुझ्नुपर्ने बेला आयको छ।
रमेश यात्रि

WRITE COMMENTS FOR THIS ARTICLE