Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

माओवादी केन्द्र पनि प्रदेश २ सरकारमा, २ मन्त्रीले लिए सपथ

२ साउन, काठमाडौँ – प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले सपथ लिएका छन् । शनिबार माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णले राज्यमन्त्रीको शपथ लिएका हुन् ।

मन्त्री साहलाई प्रदेश प्रमुख डा. राजेश अहिराजले र राज्यमंत्री कर्णलाई मुख्यमंत्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE